१३ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाज

आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग सङ्कलन

त्रिवेणी रुकुम पश्चिम, १६ साउनः आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको भवन निर्माणका लागि जग्गा खरिद गर्न रु पाँच लाख ७१ हजार ९४९ सङ्कलन गरिएको छ । रुकुम सर्जिकल आँखा उपचार केन्द्रले जग्गा खरिदका लागि सहयोग आह्वान गरेको थियो ।

सोही आह्वानअनुसार नेत्र ज्योति सङ्घ जिल्ला शाखा रुकुम पश्चिमको खातामा उक्त रकम जम्मा भएको आँखा सर्जिकल सेन्टर प्रमुख धनबहादुर केसीले जानकारी दिए । देश तथा देशबाहिर बस्ने ३४ जना व्यक्तिले सहयोग गरेको उनले बताए ।

केसीका अनुसार भवन निर्माणका लागि मुसिकोट–१ सल्लेमा ५९७ वर्गमिटर जग्गा बैङ्कबाट ‘लोन’ लिएर खरिद भइसकेको छ । जग्गा खरिद तथा आवश्यक प्रक्रियामा रु १९ लाख खर्च भएकाले सहयोग आह्वान गरिएको उनले जानकारी दिए ।

भवन निर्माणका लागि भने सहरी विकास मन्त्रालयबाट रु दुई करोड ८० लाख विनियोजन गरिएको र यसबाट साढे तीन तलाको भवन निर्माण हुने आँखा सर्जिकल सेन्टर प्रमुख केसीले बताए । भवन निर्माण ठेक्का प्रक्रियामार्फत हुने भएकाले सोहीअनुसार तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व