१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार राजनीति

संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छः सभामुख घिमिरे

काठमाडौँ, १५ साउनः सभामुख देवराज घिमिरेले संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको बताएका छन् ।

जेनेभा, स्विट्जरल्याण्ड यही साउन १३ गतेदेखि १५ गते २९–३१ जुलाई २०२५ सम्म भइरहेको संसद्का सभामुखको छैटौँ विश्व सम्मेलनमा सभामुख घिमिरेले संसद्को शत्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको बताए ।
सभामुख घिमिरले ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसद्हरूको भूमिका के हुनसक्छ ?’ भन्ने विषयमा बोल्दै भने, आज संसद्को शक्ति केवल शब्दमा मात्र होइन, डिजिटल पहुँच र जनविश्वासमा निहित रहेका छ ।

प्रविधि क्षेत्रमा बजेट वृद्धिलाई प्राथमिकता दिन अत्यन्त जरूरी भएको र डिजिटल पूर्वाधार, साइबर सुरक्षा, इन्टरनेट साक्षरता र डेटा सुरक्षामा स्रोत सुनिश्चित गर्न सक्नुपर्ने उल्लेख गर्दे उनले ती व्रडिजिटल परिवर्तनको युगमा संसद् पछाडि मात्र लाग्ने नभई अग्रसर हुने संस्था बन्नुपर्ने बताए।

सामाजिक सञ्जाल र डिजिटल माध्यम मार्फत सांसदहरूले सीधै नागरिकसँग संवाद गर्न, उनीहरूको प्रतिक्रिया लिन रजनमतलाई नीति निर्माणमा समावेश गर्न सक्षम भएका छन, उनले भने, तर गलत सूचना, भ्रमपूर्ण प्रचार जस्ता प्रविधिको दुरुपयोगका समस्या बढ्दै गएका छन् । संसद्हरूको काँधमा प्रविधि प्रयोगसँगै डिजिटल साक्षरता प्रवद्र्धन गर्ने जिम्मेवारी रहेको छ ।

सभामुख घिमिरेले संसद्हरूले मेसिन लर्निङ, डेटासेन्टर, डिजिटाइजेशन, स्पीच टुटेक्स्ट प्रविधिको अभ्यास गरेर संसदको कार्यप्रणालीलाई अझ प्रभावकारी बनाउन सकिने र यस्ता प्रविधिले जनसाधारणसँग संसद्को सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

नेपालमा आधुनिक प्रविधिमा आधारित भएर निर्माण भइरहेको सङ्घीय संसद्मा हामी कृत्रिम बुद्धिमत्ताको प्रयोग विधायन व्यस्थापनमा गर्नेबारे अध्ययन भइरहेको जानकारी गराउन चाहन्छु”, सभामुख घिमिरले भने, “नेपालमा हामीहाले कृत्रिम बुद्धिमत्तासम्बन्धी विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि काम गरिरहेका छौँ ।

उनले डिजिटल प्रविधिले संसद्को कार्य सञ्चालनमा पारदर्शिता, कार्यकुशलता र जनसहभागिता अभिवृद्धि गर्र्ने महत्वपूर्ण अवसर प्रदान गरेको जानकारी गराए । अनलाइन प्रसारण, ई संसद् प्रणाली, डिजिटल अभिलेख तथा इलेक्ट्रोनिक मतदान प्रणालीजस्ता प्रविधिले संसद्को कामकाजलाई आधुनिक, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाएका छन् । आजका दिनमा विश्वका सबैभन्दा ठूला कम्पनी प्रविधि क्षेत्रमै आधारित छन् । यसको अर्थ अबको युग प्रविधिबिना अघि बढ्न सक्दैन भन्ने हो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।