२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदै क्यानडा

काठमाडौं । प्रधानमन्त्री मार्क कर्नीले क्यानडाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने योजना बनाएको बताएका छन् । हालैका दिनहरूमा यस्तो घोषणा गर्नेमा क्यानडा तेस्रो जी–७ राष्ट्र बनेको छ ।

कर्नीले यो कदम प्यालेस्टाइन प्राधिकरणले अर्को वर्ष हमास बिना निर्वाचन गर्नेलगायत प्रजातान्त्रिक सुधारहरूमा निर्भर रहेको बताएका छन् ।

इजरायलको विदेश मन्त्रालयले क्यानडाको घोषणालाई अस्वीकार गर्दै यसलाई हमासलाई पुरस्कार दिएजस्तो भएको बताएको छ ।

अहिलेसम्म संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूमध्ये १४७ देशले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् ।

कर्नीले क्यानडाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिने बताएका छन् ।

क्यानडा लामो समयदेखि वार्ताबाट शान्ति प्रक्रियाको हिस्साको रूपमा दुई–राज्य समाधानप्रति प्रतिबद्ध रहेको कार्नीले बताएका छन् ।  क्यानडाका कन्जरभेटिभहरूले भने कर्नीको घोषणाको आलोचना गरेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।