२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति

संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत आज पाँच समितिको बैठक बस्दै छ ।

मंगलबार प्रतिनिभि सभा अन्तरगत तीन र राष्ट्रिय सभा अन्तरगत दुई गरेर पाँच समितिको बैठक बस्न लागिएको हो ।

आज प्रतिनिभि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्नेगरि तय भएको छ ।

साथै ११ बजे नै बस्न लागेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरुसँग अन्तक्र्रिया गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको २ बजे बस्ने तय भएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहान ११ बजे बस्ने बैठकमा भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सचिवलाई आमन्त्रित पनि गरिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।