२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति

बागमती प्रदेशमा बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा असहमति, दुई सांसदको समर्थन फिर्ता

हेटौंडा । बागमती प्रदेश सभामा सांसद मिना पराजुली र माया श्रेष्ठले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) विरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमा आफूहरूको समर्थन नभएको स्पष्ट पारेका छन् ।

आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन गर्दा प्रस्तावको विषयवस्ताबारे जानकारी नदिएको र त्यसप्रति असहमति रहेकाले समर्थन फिर्ता लिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नगराई हस्ताक्षर गराइएको सोमा हाम्रो असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं ।’

यस घटनाले बागमती प्रदेशको राजनीतिक परिवेशमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।