२९ माघ २०८२, बिहीबार
खेलकुद

टियू क्रिकेट मैदानको काम सन्तोषजनक : सभापति गैरे

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुर गैरेले टियू क्रिकेट मैदानमा भएको काम सन्तोषजनक रहेको बताएका छन् ।

सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिकोतर्फबाट अनुगमन गर्दै उनले साउन महिनाभरीमा निर्धारित गरिएका टेण्डर बमोजिमका सबै कामहरु सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम भइरहेको बताए ।

उनले  फ्ल्ड लाइटको पनि काम र ग्राउण्डको काम सकेर जडानको काम अन्तिम चरणमा भएको जानकारी प्राप्त गरेको बताए । क्रिकेट मैदान र त्रिभुवन विश्व विद्यालयबिच सम्झौता, क्यानसँगको सम्झौतालगायत परियोजना सन्चालन गर्ने सवालमा उत्पन्न समस्यालाई समितिका तर्फबाट नीतिगत पक्ष र कार्यान्वयनको अवस्थाका बारेमा सरकारलाई दिनुपर्ने सुझाव दिने बताए  ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो निर्णय ३२० दिनभित्र सम्पन्न गर्ने घोषणा भएको हुँदा परियोजना अहिले चासोको विषय बनेको उनले बताए ।

उनले बनिरहेको उक्त क्रिकेट मैदानलाई सम्पन्न गराउन चाहेको भन्दै समितिका तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected