६ पुष २०८२, आईतवार
मनोरन्जन मुख्‍य समाचार सुदूरपश्चिम

‘गुरही पर्व’ पर्वको तयारी पूरा

कैलाली, १२ साउनः पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व धनगढीमा धुमधामसँग मनाइने भएको छ ।

सखी सञ्जाल कैलाली, थारू कल्याणकारिणी सभा धनगढी नगर समिति, थारू लेखक सङ्घ लगायतको संयुक्त आयोजनामा धनगढीको क्याम्पस चोकमा यही साउन १३ गते पर्व मनाउनका तयारी पूरा गरिएको सखी सञ्जाल कैलालीका संयोजक कालीमैया उन्नति चौधरीले जानकारी दिए । थारू सामुदाय भित्रको सांस्कृतिक विविधतालाई संरक्षण संवद्र्धन गर्र्ने उद्देश्यले धनगढीमा २०६७ सालदेखि गुरही पर्वलाई संस्थागत रूपमा मनाउँदै आएको छ ।

गुरही पर्वलाई भव्यताका साथ मनाउने तयारीबारे छलफल सहित सांस्कृतिक झाँकी व्यवस्थापन, मिडिया परिचालन लगायत विषयमा छलफल भई तयारी लगभग पूरा भएको संयोजक चौधरीले बताए । पर्व मनाउने स्थानमा व्यवस्थापनका लागि प्रशासन कार्यालय, प्रहरी कार्यालय, ट्राफिक कार्यालय लगायत निकायमा पत्राचार गरिसकेको आयोजकले जनाएको छ ।

विशेष गरी गुरही एक प्रकारको किराको नाम हो, यस किरालाई नेपाली भाषामा ‘गाइनेकिरा’ भन्ने गरिन्छ, गर्मीयाममा गाउँघरमा व्याप्त दूषित कीटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाई यस किराले वातावरण सरसफाइमा टेवा पु¥याएको हुन्छ, उनले भने “यसै गुरहीको प्रतीकका रुपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुडिया बनाई गाउँको दक्षिणपट्टिको चोकमा सेलाउने असरैना गर्दछन् र पुरुषहरु सेलाएको गुडियालाई लठ्ठी आकारको सोताले पिट्ने र गाउँभरिको रोग व्याध र नराम्रो चीज लैजा” भनेर जोरजोरले कराउने चलन छ ।

गुरही सेलाउने काम सकिएपश्चात् गुरहीसँग ल्याएको गेडागुडी तथा भुजा एकापसमा बाँडी खाने, खुवाउने र नाचगान गरी रमाइलो गर्ने प्रचलन छ । यसर्थ यस पर्वलाई जनस्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ । यस वर्ष पनि गुरही पर्व विगतभन्दा अलि फरक ढङ्गले सिर्जनात्मक कार्य गरी मनाउने तयारी गरिएको छ ।

त्यस्तै, सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ । गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवती सहित सबै उमेरका व्यक्तिले हर्षोउल्लासका साथ मनाउने गरिएको छ । पर्वका अवसर पारेर जिल्लाका विभिन्न स्थानीय तहहरुले मङ्गलबार सार्वजनिक बिदा समेत दिएको छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,