Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

समाजलाई नराकात्मक चिन्तनबाट मुक्त गराऔं : मन्त्री दाहाल

नेपाल न्युज बैंक
3 घण्टा अघि

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजलाई उज्यालोतर्फ डो¥याउन नकारात्मक विचारहरु बाधक हुने उल्लेख गरे ।

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले आइतबार ललितपुरमा आयोजना गरिएको ‘अक्षलोक’ साहित्यिक पत्रिका लोकार्पण तथा सम्मान कार्यक्रममा उनले समाजलाई नराकात्मक चिन्तनबाट मुक्त बनाउनुपर्ने बताए  ।

सकारात्मक विचार र चिन्तनले मात्र समाजलाई समृद्ध बनाउन सक्ने भएकाले सवैले नकारात्मक विचार त्यागेर समृद्ध समाज बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ  ।

सडक तथा पूर्वाधारहरुको विकासले ग्रामीण उपजहरुलाई बजारसम्म लैजान, बजारका उत्पादनहरु गाउँसम्म पु¥याउन, ग्रामीण क्षेत्रमा नै उद्यमशिलताको विकास गर्न सहज भएको भन्दै मन्त्री दाहालले प्राप्त विकास र अवसरहरुलाई आर्थिक उपार्जनसँग जोड्न आवश्यक रहेको पनि बताए  ।

लेखन, साहित्य, सिर्जना जस्ता विषयहरुले समाजलाई सकारात्मक दिशा दिन सक्ने भएकाले बिचार र सिर्जना मार्फत समेत सकारात्मक धारणाहरुको विस्तार गर्न सकिने उनले बताए  । कार्यक्रममा डा. भगवान कोईराला सहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया