७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टी केन्द्रीय समितीको निर्णय कार्यान्वयनका लागि सर्तहरु दृढता पूर्वक लागू गर्न आग्रह गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले ४ वटा सर्तहरु अघि सार्दै दृढता पूर्वक लागू गर्न आग्रह गरेका हुन् । शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुने,नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गर्ने लगायतका उनको सर्तहरु छन् ।

यस्तो छन्,सर्तहरु

१.पार्टी बलियो बनाउन सुद्धीकरण, सुदृढीकरण र  रूपान्तरणको अभियानलाई तिव्र बनाउ ।

२. शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ ।

३. प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ ।

४. नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गरौँ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।