२ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा बैठक : केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन’

काठमाडौँ, ८ साउनः केन्द्रमा बन्ने बजेटमा उल्लेख भएकै रकम किन गाउँ गाउँमा पुग्दैन यसको कारण खोजी गरी रोक्नुपर्नेमा सांसदले जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद डा चन्द्रकान्त भण्डारीले राजधानीबाट रु १०० पठाउँदा गाउँमा रु ५० मात्र पुग्ने भएकाले यसलाई रोक्न संसद्ले भूमिका खेल्नुपर्ने बताए। धवलागिरीमा स्याउको खेती हुने उल्लेख गर्दै उनले त्यहाँको जग्गा नापी नभएकाले नापी गर्ने गरी रुलिङ गर्न सभामुखसँग माग गरे ।

सांसद लीलानाथ श्रेष्ठले तराइ मधेसमा पानीको अभाव भएकाले खानेपानीको व्यवस्था गर्न माग गरे । लम्पी स्किनले तराइ मधेस क्षेत्रमा क्षति भएकाले सरकारले केन्द्रबाट पठाएको सुई लगाउनुपर्नेमा पनि उनले जोड दिए ।

सांसद पूर्णबहादुर घर्तीमगरले संविधान संशोधनको सात बुँदासहित सरकार गठन भएको एक वर्ष पूरा हुँदा पनि कुन कुन दफा संशोधन गर्न लागिएको हो भन्ने थाहा नपाइएको बताए।

सांसद राजेन्द्रप्रसाद पाण्डेले २१ वर्ष पुरानो सौर्य एयरलाइन्स नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति विना उडाएर गत वर्ष दुर्घटना भएकाले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति एवं न्याय दिन माग गरे ।

सांसद रञ्जुकुमारी झाले मधेस प्रदेशमा खानेपानीको समस्या समाधान गर्न माग गरे ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।