२७ आश्विन २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार समाज

ब ‘क्यूआर कोड’मा पाचल झरना

मान्म कालीकोट, ८ साउनः कालीकोटको जिल्लाको पर्यटकीय गतब्य रहेको पचाल झरनाका बारेमा क्यूआर कोडबाट जानकारी लिन सकिने भएको छ । आर्थिक वर्ष ०८२÷
८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख गन्तव्यमध्ये कालीकोटको पचालझरनालाई ६४औँ स्थानमा सूचीकृत गरे सँगै क्यूआर कोडबाट नै जानकारी लिन पाइने भएको हो ।

नेपालको सबभन्दा अग्लो कालीकोटको पचालझरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । यो सचिकृत भएसँगै पचालझरनाका बारेमा जानकारी दिनका लागि नेपाल पर्यटन बोर्डले क्यूआर कोडमार्फत पर्यटकलाई जानकारी दिने भएको छ ।

पचालझरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्यूआर कोड बनाएर पर्यटन बोर्डमा राखिएको र एउटा क्यूआर गाउँपालिकालाई हस्तान्त्रण गरेको पचालझरना गाउँपालिकाका उपाध्यक्ष अल्किना बमले बताउनुभयो । ‘क्यूआर कोडको फ्रेम मैले बुझेर ल्याइसकेको छु, उनले भने,‘ यसले आन्तरिक र बाह्य पर्यटकलाई सूचना लिन सहज हुनेछ ।’

कालीकोटको पचालझरना गाउँपालिका–७ र ४ मा पर्ने पर्यटकीय पचालझरना ३८१ मिटर अग्लो रहेको गाउँपालिकाले दाबी गर्दै आएको छ । त्यसअघि नेपालको सबभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र रहेको छ ।

समुद्री सतहबाट ९७० मिटर उचाइमा रहेको एक ठाउँमा थोरै ठोकिएको लम्बाई जोड्दा त पचालझरनाको लम्बाई ४१५ मिटर रहेको गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले जानकारी दिनुभयो । हामीले पचालझरनाको नापजाँच गर्दा ३८१ मिटर अग्लो रहेको छ,’ उनले भने, बीचमा झरना ठोक्किएको भाग जोड्दा ४१५ मिटर अग्लो रहेको छ ।

पचाल झरनामा पुग्नका लागि कर्णाली करिडोरको लाफागाडबाट तीन घण्टा पैदल र एक घण्टा गाडीमा पुग्न सकिन्छ । झरनाको शिरमा डाँफे कालिज लगायतका चराचुरुङ्गी र घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालु लगायतका वन्यजन्तु पाइने स्थानीय रामबहादुर ऐडीले बताए ।

पर्यटकलाई खान, बस्न खार्दु गाउँका पाँच घरमा होमस्टे पनि सञ्चालन भएका छन् । झरनासम्म पुग्नका लागि रेलिङ सहितको गोरेटो बाटो निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पर्यटन बोर्डको सहयोगमा थप पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्ने पर्यटकको आक्रर्षणको केन्द्र रूपमा राख्नका लागि काम गरिरहेको गाउँपालिका उपाध्यक्ष बमले जानकारी दिए । ‘विगतदेखि नै पचाल झरनाको पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि काम गरिरहेको थियौँ,’ उनले भने ,अब यसको थप विकासका लागि पर्यटन बोर्डसँग मिलेर काम गर्नेछौँ ।’
–––

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व