६ पुष २०८२, आईतवार
अर्थ मुख्‍य समाचार सुदूरपश्चिम

झुलाघाट भन्सारबाट रु ७६ लाख ४३ हजारभन्दा बढी राजस्व सङ्कलन

बैतडी, ८ साउनः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१र८२ मा रु ७६ लाख ४३ हजार २४३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ६५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो ।

गत आवमा रु एक करोड तीन लाख ५९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्य पूरा हुन नसकेको महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नीले बताए । राजस्व सङ्कलनको लक्ष्य बढी भएकाले गत आवमा लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ ।

उनका अनुसार भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम सङ्कलन गरिएको हो । आव २०८०र८१ मा कार्यालयको रु ५० लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी रु ८६ लाख ८४ हजार ९० सङ्कलन भएको थियो ।

झुलाघाट नाकाबाट कपडा, भाँडाकुँडा, चिनीलगायत घरायसी प्रयोजनका सामग्रीहरू भित्रिने गरेको छ । भारतीय बजारबाट आयात हुने सामग्रीबाट राजस्व सङ्कलन हुने गरेको कार्यालयका लेखापाल देवराज रानाले जानकारी दिए । उनका अनुसार यस नाकाबाट निर्यात भने शून्य छ । केही वर्ष अघिसम्म घ्यू र कृषि उपज निर्यात हुने गरेको थियो ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने