६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाज

आजको मौसमःयी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशका अधिकांश भू–भागमा वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर अवस्थामा छ भने मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतर्फ अवस्थित छ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ। बाँकी प्रदेशहरूमा भने आंशिक बदलीको सम्भावना छ। यी पाँचवटै प्रदेशका पहाडी भू–भागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

त्यस्तै आज राति कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ। बाँकी क्षेत्रहरूमा भने आंशिक बदली रहनेछ। कोशी, मधेश र बागमतीका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको महाशाखाकाले जनाएको छ।

कोशी प्रदेशको पहाड र तराई, साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको छ।

 

 

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व