२६ आश्विन २०८२, आईतवार
कर्णाली मुख्‍य समाचार समाज

‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ

कर्णाली, ७ साउनः जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक लाभ लिने उद्देश्यले ‘हनी ट्र्याप’मा पारी रु १४ लाख २५ हजार असुल्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नौमूले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत बस्दै आएकी २१ वर्षीय सिन्दु चन्द रहेकी छन् । उनले विसं २०८१ भदौमा मनोज कोइरालालाई वीरेन्द्रनगर–६ सुर्खेत बुद्धपथस्थित बुलबुले भ्यू होटलमा बोलाई एकापसको चिनजान र सहमतिमा सम्बन्ध राखेकी थिइन् ।

उक्त सम्बन्धलाई आर्थिक लाभ लिने मनसायले जबर्जस्ती करणी मुद्दामा फसाइ दिन्छु र सामाजिक सञ्जाल तथा मिडियामा नाङ्गो फोटो राखिदिन्छु भनी डरत्रास देखाई बेइमानीपूर्वक जटिल परिस्थिति खडा गरी कोइरालाबाट पटकपटक गरी रु १४ लाख २५ हजार असुल गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।

उनका अनुसार पीडितसँग रकम असुली गरेको भन्ने प्रमाणसहित प्राप्त जाहेरीपश्चात् मङ्गलबार प्रहरी टोलीले उक्त कसुरमा संलग्न ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकी अभियुक्त चन्दलाई आर्थिक लाभ एक्सटर्सन लिएको कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व