१५ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाज

विकटका विद्यार्थीलाई विकसित मुलुकका विद्यार्थीको सहयोग

चितवन, ७ साउनः अमेरिकामा हुर्किएका १७ वर्षीय साभर थापा शाहीले चितवनका विकट भेगका २७५ विद्यार्थीका लागि पोसाक, शैक्षिक र स्वास्थ्य सामग्री वितरण गरेका छन । उनले करिब रु पाँच लाखभन्दा बढीको सामग्री सहयोग गरेका हुन् ।

भौगोलिक विकटतासँगै आर्थिक अवस्थाले अभाव झेलेका बालबालिकाका लागि अमेरिकामा रहेका विद्यार्थीसँग समन्वय गरेर सहयोग जुटाइएको हो । आर्थिक अभावले पठनपाठनमा समस्या भोगेका विद्यार्थीको अवस्था देखेर अमेरिकाको टेक्सासमा बस्ने साभरले आफ्ना साथीसँग जोगाएको खाजा खर्चले विकटका विद्यार्थीले झोला, कापी, कलम, पोसाक, जुत्ता र स्वास्थ्य सामाग्री पाएका हुन् ।

भरतपुर महानगरपालिका–२९ मा रहेको रातामाटे, डुम्रे, कमलपुर र राप्ती नगरपालिका–१२ को डिहिटारका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको हो । राष्ट्रिय आधारभूत विद्यालय रातामाटेमा कक्षा ५ मा अध्ययन गर्ने रितु तामाङले भने, पढ्ने सामान पायौँ, खुसी छौँ, झोला, लुगा पायौँ, अब ढुक्कले पढ्ने हो ।

त्यस्तै, भरतपुर–२५ स्थित सोसी विद्यालय र माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयका २७५ विद्यार्थीलाई पनि उनले सहयोग गरेका छन् । साभारले विकसित र विकटका विद्यार्थीको समन्वय गराउन खोजेको बताए ।

चितवनमा नै रहेर दन्त उपचारमा सक्रिय चिकित्सक दम्पतीले सञ्चालन गरेको डा अजय न्यौपाने डा सरु थापा फाउन्डेसनले समन्वय गरेर यहाँका विकट गाउँमा सहयोग उपलब्ध गराइएको हो । नेपालमा आउने क्रममा साभारले गरिब र विकटका विद्यार्थीबारे थाहा पाएको बताए । आफ्ना ठूलो बुबा डा अजय र ठूलीआमा डा सरुले गरेको सामाजिक कामले आफू प्रभावित भएर अमेरिकामा रहेका साथीलाई नेपालसँग जोड्न लागेका बताउनुभयो । विकटका बालबालिकाको सहकार्य र सहयोग दिगो बनाउने योजना रहेको फाउन्डेसनका अध्यक्ष डा अजयले बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व