७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नगर्दा विरोध जनाउनद बाध्य छौं : सांसद कंसाकार

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले आजका मितिसम्म भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नै नगरिएकोमा विरोध र आपत्ति रहेको बताएकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले टिभिको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेको भन्दै यस्तो अवस्थामा पनि यसलाई हटाउने आँट नदेखिएको मात्र होईन, ठोस पहल नै नगरिएको बताईन् ।

उनले रास्वपाको माग यथावत रहेको र आन्दोलन जारी रहेको पनि बताईन् ।

उनले भनिन्, ‘टिभिको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेका छन् । ७८ लाखको काण्ड सेलायो, ३२ लाख वाला मन्त्री अझै यतै छन् छानबिन र कारबाही हुनुपर्छ कि पर्दैन् । भ्रष्टाचार, राजनीतिक संरचना र प्रशासनको मिलिमतोमा वर्षौदेखि आजका मितिसम्म निर्वाद चलि रहेको मानव तस्कर र भ्रष्टाचारको यो डर लाग्दो जालोलाई हटाउने आँट नदेखिएको मात्र होईन, ठोस पहल नै नगरिएकोमा हाम्रो विरोध र आपत्ति छ । हाम्रो माग यथावत छ, आन्दोलन जारी छ ।’

यस्तै, उनले मधेशमा पानीको अभावले गर्दा रोपाई हुन नसकेको र कलहरु सुकेकर पिउने पानीका लागि मानिस घर छोड्न बाध्य भएको विषयमा पनि सबैको ध्यानाकर्षण गराएकी छन् ।

उनले भनिन्, ‘मधेशमा आज कलहरु सुकेका छन्, रोपाई हुन सकेको छैन् । पिउने पानीका लागि मानिस घर छोड्न बाध्य छन्  । तर मन्त्रीहरु विदेश भ्रमणमा नै व्यस्त छन् । बारा, पर्सा, महोतरी पुग्नु पर्ने हतारो सरकारलाई छैन् । संसदमा हामी ४८ दिन देखि उभिएका छौ । भिजिट भिसाको नाममा हुने संगठित मानव तस्कर बारे सरकारलाई खबरदार गरिरहेका छौ । तस्करको सेटिङ् नभत्किएको तथ्य आज कै राष्ट्रिय दैनिकहरुमा छापिएको छ । भ्रष्ट र तस्करहरुको सरकारसँग डराएका छैनौ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।