२९ माघ २०८२, बिहीबार
खेलकुद

साफ यु–२० महिला टोलीस्वदेश फिर्ता

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ।

मंगलबार स्वदेश फर्किएका टोलीलाई एयरपोर्टमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।

च्याम्पियनसिपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेकी खेलाडी पूर्णिमा राईले अन्तिममा आएर बंगलादेशसँगको खेलमा हार व्यहोर्नपर्दा दुःख लागेको बताइन् । छिटो भन्दा छिटो राष्ट्रिय टिममा खेल्ने आफ्नो टार्गेट रहेको पनि उनले सुनाइन् ।

उनले भनिन्,‘धेरै मेहेनतका साथ खेलेका हौं । आफ्नो तर्फबाट सक्नेजति गरें । । त्यसैमा खुसी छु । नमिठो हार व्यहोर्नु पर्दा दुःख लागेको छ । तर मेरो टार्गेट भनेको छिटो भन्दा छिटो राष्ट्रिय टिममा खेल्ने नै हो ।’

उनले उचित क्याम्प र ट्रेनिङ हुन नसक्दा खेल बंगलादेशसँग पराजित हुन पुगेको पनि बताइन् । बंगलादेशमा सोमबार भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

नेपालले श्रीलंका र भुटानविरूद्धका दुवै खेलमा जित निकाले पनि बंगलदेशविरूद्धका दुवै खेलमा पराजित भएको हो । नेपाल यसअघि लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।

डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा यसअघि नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो ।
यस्तै भुटानलाई ६–१ र ८–० गोलले हराएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected