७ पुष २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार समाज

गाडीमा १ सय ३३ किलो गाँजा बरामद

रौतहट । रौतहट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजासहित कार बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६८९६ नम्बरको कारबाट १ सय ३३ किलो लागू औषध गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार प्रहरी टोलीले मंगलवार बिहान चेकजाँच गर्ने क्रममा कार रोक्न खोज्दा चालकले तीब्र गतिमा गुडाएर भागेको थियो ।

 

प्रहरी टोलीले पछ्याउँदै जाँदा गरुडा नगरपालिका ५ झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी फेला परेको उनले जानकारी दिए । कारमा सवार व्यक्तीहरु उखुवारी हँुदै फरार भएकाले खोजी कार्य भइरहेको डिएसपी कार्कीको भनाइ छ ।

 

प्रहरीले क्रेनको सहायताले कारलाई बाहिर निकालेर गाँजा काँटा गर्दा उक्त परिणाममा रहेको प्रहरीले उल्लेख गरेको छ । यस विषयमा  थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व