७ पुष २०८२, सोमबार
मुख्‍य समाचार राजनीति विशेष समाचार

काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक’

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाती र समुदायको समर्थन काङ्ग्रेसले प्राप्त गर्ने हो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्ने बताएका छन् ।

सोमबार नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले काङ्ग्रेसलाई  बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक रहेको भन्दै त्यसको लागि पुस्तकालयको पनि भूमिका हुने बताए ।

उनले भने, ‘नेपालमा काङ्ग्रेस मात्रै एउटा ठूलो पार्टीको रुपमा छँदैछ । अझ बहुमत प्राप्त गर्ने पार्टी पनि हुन सक्छ । यद्यपी अहिलेको समानुपातिक समावेशीतामा आधारित जुन व्यवस्था छ । सबैलाई समावेश गर्ने खालको व्यवस्था छ । सबै जातजाती, समुदायको समर्थन प्राप्त गर्न सक्यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्न सक्छौ । यसमा यो पुस्तकालयले ठूलो भूमिका खेल्न सक्छ ।’

साथै, उनले यस पुस्तकालयमा रहेका किताबहरु एकदमै बहुमूल्य भएको भन्दै पार्टीको सिद्धान्त र आदर्श पुस्तकालयमार्फत सबैलाई बुझाउन सक्नुपर्ने बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।