१७ बैशाख २०८३, बिहीबार
खेलकुद

एनएसएलमा साविक उपविजेता धनगढीले नयाँ टिम वीरगञ्ज युनाइटेडसँग खेल्दै

१० मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक खेल हुँदैछ । साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

धनगढीको मार्की प्लेअरमा युवा खेलाडी आशिष चौधरी छन् । नयाँ टिम वीरगंजको मार्कीमा गोलकिपर दिप कार्की छन् ।

यसअघि सन् २०७८ मा भएको पहिलो सिजनमा धनगढी उपविजेता बनेको थियो । फाइनलमा काठमाडौं रेजर्सले धनगढीलाई हराएर उपाधि जितेको थियो ।

धनगढीमा राष्ट्रिय टिमबाट खेलिसकेका देवेन्द्र तामाङ, कमल श्रेष्ठ छन् भने हाल राष्ट्रिय टिममा रहेका आशिषसहित कृतिश रत्न छुन्चु पनि छन् ।

यस्तै घरेलु फुटबलमा चर्चित नाइजेरियन ओलावाले आफिजले पनि धनगढीमै छन् । यस बेहक युरोपियन लिगहरुमा खेलेका सेनेगलका फालोउ डियाग्ने, घानाका रिचर्ड ओसेई अग्यमाङग र इंग्ल्याण्ड र ट्रे विलियम्स अनी लेवनानी गोलकिपर मोहम्मद ताहा विदेशी खेलाडीको रुपमा छन् ।

उता विरगंज टिममा राष्ट्रिय टिमबाट खेलिसकेका हाल अष्ट्रेलिया गएका तेज तामाङ आइकोनिक प्लेअरको रुपमा फर्केका छन् । यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका सुभास गुरुङ पनि छन् ।

वीरगंजका घानाका चार खेलाडी छन् । जसमध्ये विलियम ओपोकुले यसअघि नेपालमा घरेलु फुटबल खेलिसकेका छन् । यसबाहेक आइकिन्स काए बाफोर, ओबेड आवुसु र हान्स क्वाफी तथा कंगोका गुस्ताभो डीजेड छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected