रासस

दमौली तनहुँ, २ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपका उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा स्वर्णिम वाग्लेले न्यायालयले गर्ने हरेक फैसलालाई पार्टीले सधैं सम्मान गर्दै आएको बताए छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियान न्यायपालिकालाई प्रभावित पार्न नभएको स्पष्ट पारे । उनले हस्ताक्षर अभियान सञ्चालन गर्दैमा सभापति रवि लामिछाने छुट्ने होइन भन्दै न्यायपालिकाले गर्ने कार्यसम्पादनमा दखल नदिने जिकिर गर । उनले भने, “न्यायपालिकाले गर्ने फैसला हामी मान्दै आएका छौँ र मान्नेछौँ ।”
उपसभापति वाग्लेले पार्टी सभापतिमाथि राजनीतिकरण भएको आफूहरुको बुझाइ रहेको उल्लेख गरे । पार्टीप्रति आम जनताको आकर्षण बढेको दाबी गर्दै उनले सबैभन्दा ठूलो अदालत भनेको जनअदालत भएको बताए । आफूहरु २०८४ को चुनावको तयारीमा रहेको बताउँदै त्यसलाई पार्टीप्रतिको आकर्षणले बलियो बनाएको उनले जिकिर गरेयो ।
–––
फेसबुकबाट तपाईको प्रतिक्रिया