Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

नेपाल न्युज बैंक
7 घण्टा अघि

दमौली तनहुँ, २ साउनः भीमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पुल ७२ दशमलव २० मिटर लामो पक्की पुल निर्माण भएको छ ।

 

विसं २०८१ असोज तेस्रो सातादेखि निर्माण थालिएको पुल म्यादभन्दाअगावै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । नवनिर्मित पुलबाट दुई पाङ्ग्रे सवारी सञ्चालन भएका छन् ।यद्यपि पुलको औपचारिक उद्घाटन भएको छैन ।

 

गण्डकी प्रदेश सरकारको रु सात करोड ७३ लाख ६४ हजार ३८२ को लागतमा पुल निर्माण भएको हो । सडक निर्माण भएको २५ वर्षपछि पुल बनेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया