Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै

नेपाल न्युज बैंक
17 घण्टा अघि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ ।

 

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले आज दिउँसो अख्तियारको केन्द्रीय कार्यालय टंगालमा ज्ञापन पत्र बुझाउन लागेको हो ।

 

गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चलन गर्ने निर्णय गरेको थियो ।

 

राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रुपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चलन गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया