नेपाल न्युज बैंक
14 घण्टा अघि

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजु औद्योगिक क्षेत्रलाई आइसीटी पार्कको रुपमा विस्तार गरिने बताएका छन् ।
बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलोचाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामुलक उद्योग आइसिटी पार्क बनाइने बताएका हुन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सो जानकारी दिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया