Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

नेपाल न्युज बैंक
12 घण्टा अघि

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम तथा बाल कार्यको अन्तर्राष्ट्रिय परिभाषालाई नेपालको परिवेश अनुसार ढाल्नुपर्ने बताएका छन् ।

 

आइतबार काठमाडौंमा राष्ट्रिय बालश्रम निवराण प्रतिवेदन २०८२ सार्वजनिक कार्यक्रममा उनले बालश्रम संवेदनशील विषय भएकाले जनसचेनतासहित नेपाली परिवेशको परिभाषा बनाउनुपर्ने बताएका हुन् ।

 

उनले भने, ‘बालश्रम र बाल कार्यमा हामीले फरक छुट्टाउन सकेका छैनौं । त्यो आम जनताको कुरा हो । बालश्रम र बाल कार्यको अन्तर्राष्ट्रिय परिभाषा त मान्नुपर्छ तर हाम्रो परिवेशमा पनि त्यसलाई ढाल्नुपर्यो । असाध्यै संवेदनशीलताको आवश्यकता छ र जनसचेनताको पनि आवश्यकता छ । जवसम्म यो संवेदनशीलता र जनसचेनताको कुरा गर्दैनौं तवसम्म हामी लक्ष्यमा पुग्दैनौं ।’

 

उनले बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र नहुने भन्दै समाजको संरचना र परिवेशलाई ध्यान दिनुपर्ने बताए । साथै उनले बालबालिकाको क्षेत्रमा सरकारले सरोकारवालासँग मिलेर काम गर्ने प िबताए ।

 

‘कानून बनाएर कानूनी बाध्यताले हुँदैन । हाम्राने समाजको संरचना र समाज कहाँ छ त्यो पनि हेर्नुपर्छ । सहरी क्षेत्र र गाम्रिण परिवेशमा फरक अवस्था छ यसलाई नीति बनाउने बेलामा ध्यान दिनुपर्छ । सरकारले सरोकारवालासँग मिलेर काम गर्ने हो । सरकारले एक्लै गर्न सक्दैन । सरकारले लिड गर्ने हो । श्रम मन्त्रालय सम्पर्क मन्त्रालय हो,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया