१९ कार्तिक २०८२, बुधबार
अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार

दिगो र दर्बिलो अर्थतन्त्रको निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालले नेपाल राष्ट्र बैंकले जारी गरेको आ.व. २०८२÷८३ को मौद्रिक नीतिले दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र कोरेको बताएको छ ।

 

आइतबार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो बताएको हो । मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिनेगरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र उदार नीतिहरुले बैंकिङ क्षेत्रमा खस्किरहेको मनोबल र आत्मविश्वासलाई उकासेको परिसंघले जनाएको छ ।

 

‘लामो समयदेखि मुलुकको अर्थतन्त्र सुषुप्त अवस्थामा रही आर्थिक एवं बैंकिङ क्रियाकलापहरुले गति लिन नसकिरहेको अवस्थामा यस मौद्रिक नीतिले आर्थिक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाइ दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र कोरेको छ,‘ विज्ञप्तिमा उल्लेख छ ।

 

बैंक तथा वित्तीय संस्थाहरुले हाल पूँजीकोषमा दबाब झेलिरहनु परेको छ । यस्तो बेलामा कर्जा लगानी क्षमता तथा व्यवस्थापनलाई सहज बनाउने र पुँजीकोष सुदृढ बनाई वित्तीय स्थायित्व कायमलाई प्राथमिकतामा राख्नुले अर्थतन्त्रमा सकारात्मकता प्रदान गर्ने बताइएको छ ।

 

साथै, बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता ल्याई मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य सहजरुपमा प्राप्त हुने सकारात्मक संकेत देखिएको विज्ञप्तिमा उल्लेख छ । खराब कर्जासहित गैरबैंकिङ सम्पत्ति बढ्दै गएको अवस्थामा यस मौद्रिक नीतिले बैंकिङ क्षेत्रको दिगो विकाससहित सुदृढ, दिगो र वास्तविक अर्थतन्त्रको निर्माणको जग बसाल्ने सिबिफिनले विश्वास लिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र