१७ बैशाख २०८३, बिहीबार
खेलकुद

घरेलु मैदानमा यमनसँग नेपाल पराजित

५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे ।

ओमारले ७२ औं मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । उनले नेपाली लेफ्ट ब्याक आशिष चौधरी उपचारका क्रममा मैदान बाहिर रहँदा गोल गरेका थिए ।

यस्तै मोहम्मद अब्दुल्लाह अल-दाहीले खेलको अन्त्यतिर गोल गर्दै यमनको जित पक्का गरे ।

दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २-० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो ।

दुई खेलपछि नेपाल समूह एचमा अंकविहीन छ ।

यस समूहमा युएई र बहराइन बलियो टोली भएकाले नेपालसामु घरेलु मैदानमा यमनलाई हराएर अंक जोड्ने अवसर थियो । विशेषगरी फिनिसिङमा नेपालले राम्रो गर्न सकेन ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यमन विरुद्ध पहिलो रोजाईँमा यसअघिको खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए । चोटबाट पुनरागमन गरेका अनन्त तामाङ, दिनेश हेन्जनसँगै एरिक विष्ट पहिलो रोजाईमा खेलेका थिए ।

तर अनन्नतले ७२औं मिनेटमा चोटका कारण मैदान छाडे । उनलाई स्ट्रेचरमै राखेर मैदान बाहिर ल्याइएको थियो ।

यस्तै यसै खेलबाट राजेश परियारले राष्ट्रिय टिममा डेब्यु गरे । राजेशले ७२ औं मिनेटमा अञ्जन विष्टको स्थानमा मैदान प्रवेश गर्दै सिनियर टोलीबाट डेब्यु गरेका हुन् ।

दोस्रो हाफमा आयुष घलान, मनिष डाँगी र हिसुब थपलियालाई नेपालले मैदान प्रवेश गराएको थियो ।

यमनविरुद्ध नेपाली टिम :

किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, अनन्त तामाङ (योगेश गुरुङ ७३औं मिनेट), सनिश श्रेष्ठ, आशिष चौधरी, एरिक विष्ट (मनिष डाँगी ७३औं मिनेट), उत्सव राई, दिनेश हेन्जन (हिसुब थपिलया ५६औं मिनेट), अन्जन विष्ट (राजेश परियार, ७३ औं मिनेट), जिलेस्पी जंग कार्की (जिलेस्पी जंग कार्की ६९औं मिनेट), सेसेहाङ आङ्देम्बे

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected