२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

कप्तान विवाद’ बारे एन्फाले दियो प्रष्टीकरण

काठमाडौं । उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टिमको नाम दिनुपर्ने प्रावधानअनुसार प्रशिक्षकसँग लिष्ट मागेको र उक्त लिष्टमा कप्तानको नाम उल्लेख नगरेपछि आफूहरुले कप्तानको नाम पठाउनु परेको बताइन् ।

उनले भनिन्, ‘एन्फाले नै बिदाई कार्यक्रममा नै क्याप्टेन राखेरै जाउँ भन्ने कुरा गरेका थियौं, हाम्रो हेडकोचलाई, तर उहाँले उतै गएर गरौंला भन्नु भयो हामीले पनि हुन्छ नै भन्यौ । हाम्रो नियममा नै छ, खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै खेलाडीको लिष्ट बुझाउनुपर्छ । हामीले बारम्बार माग्दा पनि उहाँले ९० मिनेटअघि दिँदैन भन्नुभयो, ९० मिनेटभन्दा ५ मिनेटअघि दिनुभयो । जसमा कप्तानको नाम थिएन । त्यसपछि हामीले सिनियारिटी हेरेर रेनुका नगरकोटीलाई कप्तान बनाएका थियौँ ।’

उनले कप्तानको नाम रेनुका लेखेर बुझाएपछि मात्र हेडकोचले साम्बालाई कप्तान बनाउने कुरा खुलाएको भन्दै त्यसपछि समस्या भएको पनि बताईन् ।

उनले भनिन्, ‘खेलाडीहरु ग्राउन्डमा जाने बेला मात्र कप्तान साम्बा हो भनेर भन्नु भयो त्यो कुरा पहिलानै भनेको भए हामीलाई समस्या नै हुदैँन् थियो त । हामीले खेलाडीको लिष्ट कप्तानको नाम रेनुका लेखेका छाँै अब परिवर्तन गर्दा जरिवाना पर्ने हो की भनेर भनेका थियौं त्यसपछि उहाँ आफंै चर्किनु भयो ।’

छनोट अन्तर्गत पहिलो खेलअघि नेपाली महिला फुटबल टोलीको कप्तान एक घन्टामै परिवर्तन गरिएको थियो । पहिलो खेलमा नेपाली महिला फुटबल टिमको कप्तानको जिम्मेवारी सुरुमा रेनुका नगरकोटीलाई दिएको थियो भने त्यसपछि केही समयमा नै सावित्रा भण्डारी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected