Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विशेष अदालतले प्राप्त ग¥यो आइएसओ प्रमाणपत्र, न्यायीक ईतिहासकै पहिलो सफलता

News and Updates
10 घण्टा अघि

काठमाडौं । विशेष अदालतले गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह आइएसओ को प्रमाणपत्र प्राप्त गरेको छ ।

 

बुधबार विशेष अदालतमा आयोजित एक कार्यक्रमकाबीच विशेष अदालत प्रवाह गर्दै आएको सेवाहरुको मूल्याङ्कन गरी प्राप्त भएको गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह एनएस÷आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र सार्वजनिक गरिएको हो ।

 

प्रमाणपत्र सार्वजनिकरण कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले अन्तर्राष्ट्रिय चिन्ह एनएस,आइएसओ प्रमाणपत्र प्राप्त गर्नु नेपालको न्यायीक ईतिहासकै सफलता रहेको बताए।

 

आइएसओ प्रमाणपत्र प्राप्तले अदालतलाई थप जिम्मेवार र सजक बनाउने बताउँदै उनले अब अदालतलाई यस अवस्थाबाट खस्किने छुट नहुने धारणा राखे । उनले भने,‘अन्तर्राष्ट्रिय चिन्ह एनएस,आइएसओ ९००१ः२०१५ र यो प्रमाणपत्र प्राप्त गर्नु नेपालको न्यायीक ईतिहासमा न्यायालयको तर्फबाट यो एउटा सफलता प्राप्त गरेको ठानेका छौं । यो प्रमाणपत्र प्राप्त गर्दै गर्दा यसले हामीलाई झन् सजक बनाउछ । किनकी यो ठाउँमा आइसेकपछि अब आउने दिनमा हामीलाई यहाँबाट खस्किने छुट नहोला ।’

 

त्यस्तै उनले आइएसओ प्रमाणिकरण भएपछि हरेक वर्ष अडिटको सामना गर्नुपर्ने भएको कारण जोखिमपूर्ण रहेको बताए ।

 

‘यो अलिकति जोखिमपूर्ण पनि छ । हरेक वर्ष अडिट हुन्छ र त्यो अडिटले जुन मापदण्ड निर्धारण गर्छ त्यही अनुसार हाम्रो गुणस्तर रहन्छ ।

 

अहिलेलाई हामीले तीन वर्षको प्रमाणपत्र लिएका छौं ।’उनले भनेअध्यक्ष कुँवरको अनुसार कानूनमा मुद्दाको कारवाही र किनारा गर्ने अवधि तोकिए पनि तोकिएको अवधिभित्र मुद्दा फैसला हुन सकेका थिएनन् । (विशेष अदालत ऐन, २०५९ को दफा १६ बमोजिम ६ महिनाभित्र मुद्दाको कारवाही र किनारा गर्ने कानुनी व्यवस्था छ।

 

उक्त व्यवस्थाको पूर्ण परिपालना गर्दै मुद्दा दर्ता भएको ६ महिनाभित्र फैसला गर्न अदालत सफल भएको उनले जानकारी गराए ।

विशेष अदालतको इतिहासमै पहिलो पटक गत आर्थिक वर्षमा ८८ प्रतिशत अर्थात ५ सय ७५ थान मुद्दामध्ये ५सय ६ थान मुद्दा छिनेर रेकर्ड कायम गर्न सफल भएको र जसमध्य १सय ९९ थान मुद्दा २ वर्ष नाघि ६ वर्षसम्मका रहेको उनको दाबी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया