२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौंला

काठमाडौं । नेकपा (एमाले) का सांसद महेश बर्तौंलाले संसदमा केही सांसदहरुले निजी प्रचारको लागि हावादारी कुरा गरेको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा जथाभावी र हावादारी क्रियाकलापहरु हुँदै आइरहेको बताएका हुन् ।

उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरुले असाध्यै गलत कुराहरु व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यसप्रकारको जथाभावी र हावादारी क्रियाकलाप गरेर जहिल्यैपनि, हरेक दिन र हरेक बैठकमा गलत र दुषित समाचार सम्प्रेषणको स्रोत यो संसद् बनाउन खोजिँदैछ, यसतर्फ म सिंगो हाउसको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु ।’

उनले खेतीबारीको सिजन भएकोले मल र खाद्यको समस्या भएको भन्दै यसको प्रवन्ध गरिनुपर्ने बताए । उनले सिंगो देश मलको समस्यामा रहेकोले मलको व्यवस्थापन गर्नुपर्ने बताए ।

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।