नेपाल न्युज बैंक
8 घण्टा अघि

काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवाको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा जलविद्युत् आयोजनामा फसेका कामदारहरुको उद्धार गरिएको छ ।
नेपाली सेनाको उद्धार टोलीले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
नेपाली सेनाले हेलिकप्टरमार्फत २३ कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उद्धारको कार्य निरन्तर जारी रहेको जनाएको छ ।
रसुवागढीमा दुई देश जोड्ने मितेरी पुल बगाएको बगाउँदा व्यापारिक सम्बन्ध विच्छेद भएको छ । पछिल्लो जानकारी अनुसार चिनियाँ नागरिकसहित कम्तीमा १८ जना बेपत्ता छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया