Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

नेपाल न्युज बैंक
9 घण्टा अघि

मुगु ।  जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित ठुलोहाँका पाटनमा चट्याङ पर्दा एकजना गम्भीर घाईते भएका छन् ।

 

पाटनमा भेडा चराउन गएका सिंजा गाउँपालिका वडा नं ५ घर भएका अन्दाजी ५० वर्षका धन बहादुर रावत चट्याङ लागेर घाईते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यलय जुम्लाका प्रमुख डिएसपी रविन बाबू रेग्मीले चट्याङबाट पाटनमा राखिएका झण्डै २ सय भेडा मरेको अनुमान गरिएको छ ।

 

पाटनबाट गोविन्द बुढाले दिएको जानकारी अनुसार २ सय भेडा मरेका छन् । ६ जना किसानका २ सय भेडा मरेका हुन् । ६ जना किसानको करिब ९ सय भेडा पाटनमा राखिएको थियो ।यदपि एकिन विवरण भने आउन बाँकि छ ।

 

डिएसपी रेग्मीका अनुसार घटनाको विवरण बुझ्ने प्रयास भईरहेको छ । त्यस्तै प्रतिनिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले पाटनमा अलपत्र नागरिकको हवाई सेवा मार्फत उद्वारको प्रयास भईरहेको बताएका छन् ।

 

जिल्लामा सिडिओ र गृहमन्त्री संग छलफल भईरहेको मौसमले साथ दिए हेलिकप्टरबाट उद्वार गरिने उनले जानकारी दिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया