२६ आश्विन २०८२, आईतवार
कोशी मुख्‍य समाचार

उदयपुरमा भत्किएको पुलमुनि माछा मार्न गएका युवा बेपत्ता

काठमाडौं। उदयपुरको चौदण्डीगढी-५मा रहेको त्रियुगा नदीमाथि बनेर भत्किएको पुलमुनि माछा मार्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।

सोमबार दिँउसो नुहाउन आएका चौदण्डीगढी-६ कालीखोला ३० वर्षीय सुरज राई माछा मार्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर बबिन राईले बताए । उनले भने, ‘ त्रियुगाको भत्किएको पुल मुनि माछा मार्ने क्रममा एक जना युवक बेपत्ता भएका छन्।

उनको खोजी कार्य जारी राखेका छौं।’ उनका अनुसार सुरजसँग उनका साथीहरू प्रताप राई र सुरेश माझी पनि नुहाउन आएका थिए । तर सुरज पुल मुनि भत्किएको पिल्लर मुनि माछा मार्ने क्रममा बेपत्ता भएका थिए ।

यता, बेपत्ता युवकको प्रहरी र स्थानीय मिलेर खोजी कार्य गरिरहेको चौदण्डीगढी-५का स्थानीय भाष्कर चौधरीले बताए। उनले भने, ‘ तीन जना युवाहरू नुहाउन भनेर आएका रहेछन्।

पुलमुनि भत्किएको पिल्लरको मुनि खाल्डोमा माछा धेरै देखेर त्यहाँ सुरज राई भन्ने युवा पसेका थिए। तर उनी बाहिर निस्कन सकेका छैनन्। हामी उनको खोजी गरिरहेका छौं।’

थप समाचारहरु

कोशी समाचार समाज

धरानमा गोली हानी युवकको हत्या, रकम र मोबाइल पनि लुटियो

५ साउन, विराटनगर । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका -५
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’