Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दुईवटा संसदीय समितिको बैठक बस्दै

नेपाल न्युज बैंक
9 घण्टा अघि

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् ।

 

सोमबार संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे सार्वजनिक लेखा समितिको बैठक कक्षमा सिंहदरबारमा बस्दै छ ।

 

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

 

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक– २०८१ माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया