Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राष्ट्रपतिले गरे राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको अवलोकन

नेपाल न्युज बैंक
9 घण्टा अघि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय  र नेपाली सेनाको सैनिक  संग्रहालयको आइतबार अवलोकन गरेका छन् ।

 

राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गरेका हुन् ।

 

उनलाई पुरातत्त्व   विभागका  महानिर्देशक  सौभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी  र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी  अर्याललगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

 

यसैगरी नेपाली सेनाको सैनिक  संग्रहालयमा पुग्दा  नेपाली सेनाका बलाधिकृत   निर्मलकुमार थापाले स्वागत गरेका थिए ।

 

सैनिक संग्राहलयमा संग्रहलय प्रमुख प्रमुख सेनानी गेलान लामाले संग्रहालयका बारेमा जानकारी गराएका थिए । त्यस्तै राष्ट्रिय संग्राहलयमा प्रमुख नकर्मीले संग्रहालयका बारेमा  जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया