Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी

नेपाल न्युज बैंक
7 घण्टा अघि

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् ।

 

आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले किसानले मल नै पाइएन भन्ने परिस्थिति नरहेको बताएका हुन् ।

 

उनले भने, ‘म सत्यताका साथ भन्छु यो सिजन खेतीको हो, खेतीको मौसममा सम्भव भएसम्म मल पुर्याउनका लागि राम्रो प्रयत्न गरेका छौ । वास्तवमा भन्दा अहिले किसानलाई मल दिन सकिएन भने किसानलाई अत्यन्तै अप्ठेरो पर्छ । हामीसँग मलको अभाव नै त छैन । मल छ प्रर्याप्त नहुन सक्छ । किसानले मल नै पाइएन भन्ने परिस्थिती छैन ।’

 

उनले नागरिकलाई भ्रममा पार्नु नहुने भन्दै मन्त्री र मन्त्रालयको तहबाट गर्नुपर्ने काम नरोकिएको पनि बताए ।

 

‘हाम्रो तर्फबाट गरिनुपर्ने काममा कहिबाट रोकिएको छैन । मन्त्री र मन्त्रालयको तहबाट काम गर्न रोकिएको छैन । कुपनको आधारमा पालिकाले प्रदेशको कृषि मन्त्रालय र पालिकाबाट वडा तहले दिइएको सिफारिस भन्दा बाहिर अन्यत्र जान हुदैँन भनेर खवरदारी गरेका छौ ।

 

कहीलेकाहीं पक्षपात भयो भन्ने कुरा आउँछ त्यसमा पनि ध्यान दिनुपर्छ,’ उनले भने ।

 

यसैगरी बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांनले नेपाल सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई ३० प्रतिशत र कृषि सामाग्री कम्पनी लिमिटेडलाई ७० प्रतिशत अनुदान उपलब्ध गराइरहेको जानकारी दिए ।

 

उनले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेडको क्षमता र बिक्री वितरणको अवस्था मध्यनजर गरी रसायनिक मलको कोटाको प्रतिशत निर्धारण गर्न नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई निर्देशन समेत दिने बताए ।

 

समितिको आजको बैठकमा नेपाल सरकारद्वारा किसानहरूलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल गरिएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया