Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रदेशहरुको बजेटमा अनियमित र अस्तब्यस्त देखियो, छानविन होस् : आङगेलु शेर्पा

नेपाल न्युज बैंक
14 घण्टा अघि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले प्रदेशहरुले ल्याएको बजेटप्रति आपत्ति जनाएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै शेर्पाले प्रदेशहरुको बजेटले पार्टी नेता कार्यकर्ताको मनोबल घटाएको बताएका हुन् ।

 

शेर्पाले जनातालाई केन्द्रबिन्दुमा राखेर बजेट ल्याउन प्रदेशहरु असफल भएको दाबी गर्दै यसले संघीयतामाथि प्रश्न उठाउनेहरुको मनोबल बढाउने दाबी गरे । शेर्पाले प्रदेशहरुले ल्याएको बजेट अस्तब्यस्त भएको भन्दै बजेट जस्ताको तस्तै कार्यान्वनमा आए अर्थिक बिचलन र अनियमितताको खतरा बढ्ने औंल्याए ।

 

उनले प्रदेशहरुको बजेटमाथि छनबिन गर्न पार्टीले उच्च स्त छनबिन समिती बनाउनुपर्ने माग गरे । संसदभित्र भईरहेका गतिबिधीमाथी समेत शेर्पाले प्रश्न उठाए । सांसदहरुले जथाभाबी बोल्दा संसद आफै बिकृती र बिसंगतिको थलो बन्न थालेकोले छनबिन समिति बनाउन पनि पार्टीले पहल गर्नुपर्ने माग गरे ।

 

संसदभित्रका गतिविधि सामाजिक मर्यादा उलंघन गरिरहेको शेर्पाको भनाई थियो । उनले पार्टी भातृ संस्थाहरुको गठन र बिघटनमा अल्झिन नहुने बताए । भातृ संस्थाहरु स्वतन्त्र ढंले चल्न दिनुपर्ने भनाई राख्दै शेर्पाले भातृ संस्थाहरुलाई वर्गीय हितमा केन्द्रित गर्नेपर्ने उल्लेख गरे ।

 

उनले नेपालमा पर्यटनको थप बिकास गर्न माउन्ट कैलाशको दर्शन गर्न जानेहरुका लागि मुस्ताङको कोरला नाका खोल्न पार्टी र सरकारलाई चीनसँग पहल थाल्न सुझाब दिए ।
त्यस्तै उनले पर्यटन र हिमाल आरोहनमा सम्लग्न मजदुरहरुको हितका लागि हिमाल आरोहणबाट प्राप्त राजस्वको निश्चित प्रतिशत छुट्याउन पार्टीले पहल गर्नुपर्ने माग गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया