Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कुलिङ पिरियडमा दोषि देखिए कारवाही भोग्न तयार छु : सभापति खतिवडा

नेपाल न्युज बैंक
10 घण्टा अघि

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा आफू दोषि ठहर भए कारबाहीको भागेदार हुन तयार रहेको बताएका छन् ।

 

मंगलरबार सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले यत्रो ठूलो गल्ती कानून बनाउने कुरामा कहीँ नहुने भन्दै यो संसदमाथिको ठुलो गम्भीर प्रहार भएको बताए ।
उनले भने, ‘संसदमाथिको ठुलो गम्भीर प्रहार हो । यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ हुँदैन । यसबारे छानबिन गर्नुपर्छ भन्ने पक्षमा छौं । जनप्रतिनिधिको बदनाम गर्ने काम भएको छ । कहाँ कमजोरी भएको हो, छानबिन गर्छौँ । यदी छानबीन गर्दा मेरो पनि दोष देखियो भने कारबाहीको दायरामा आउँछु । जसको कमजोरी देखिन्छ, त्यसले कारबाही भोग्नुपर्छ, उम्किन पाइन्न ।’

 

मंगलबार समिति बैठकमा माओवादी सांसदद्वय माधव सापकोटा र कल्पना मियाँले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा जवाफ माग गरेका थिए । पछि खतिवडाले भएको कमजोरीको नैतिक जिम्मेवारी लिने बताएका हुन् ।

 

जबसम्म यस विषयमा छानविन हुँदैन् तबसम्म समितिको बैठक स्थगित गरेको पनि उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया