१७ बैशाख २०८३, बिहीबार
खेलकुद समाचार समाज

भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

३ मंसिर, काठमाडौं । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।

अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो ।

जबकी अष्ट्रेलियाको सुरुवात राम्रो थिएन । मोहम्मद शमीले आफ्नो पहिलो ओभरमै अष्ट्रेलियाका सफल ब्याट्सम्यान डेभिड वार्नरको विकेछट लिए । शमीको लुड लेन्थ बलमा बार्नरले खेल्न खोजेका थिए, तर ब्याटको बाहिरी किनारामा लागेको बल स्लिपमा रहेका विराट कोहलीको हातमा पुग्यो । उनी मात्र ७ रनमा आउट भए ।

खेलको पाँचौं ओभरमा जसप्रित बुमराहले मिशेल मार्शको विकेट लिए । उनी १५ रनमा आउट भए । आफ्नो अर्को ओभरमा उनले नै स्टीभ स्मिथलाई एलबीडब्लू धरापमा पारे । बुमराहको स्लो करटरमा स्मिथ चुके र बल उनको प्याडमा लाग्यो । भारतको एलबीडब्लू अपीलमा फिल्ड अम्पायरले विकेट लिए । स्मिथले रिभ्यू लिएनन् । जबकी रिप्ले र बल ट्र्याकिङमा देखाइएको बल अफ स्टम्प बाहिर गएको देखिएको थियो ।

त्यसपछि दबावमा आएको अष्टे«ेलियाले पावर प्लेमा निकै संघर्ष गर्नु परेको थियो । तर हेडले लाबुशेनसँग मिलेर पारी सम्हाले । चौथो विकेटका लागि १९२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार बनाए ।

जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । म्याक्सबेलले पहिलो बलमै दुई रन लिएपछि अष्ट्रेलिया विजयी भयो ।

हेड विश्वकपको सुरुवाती खेलमा घाइते थिए । तर चोटमुक्त भएर टिममा फर्किएका उनले ५९ शलमा शतक बनाउँदै दमदार पुनरागमन गरे । सेमिफाइनलमा एकै ओभरमा दुई विकेट लिएर दक्षिण अफ्रिकालाई दबाबमा राख्न भूमिका खेलेका उनले ब्याटिङका क्रममा पनि एउटा एण्ड सम्हाल्दै ६२ रनको पारी खेलेका थिए ।

फाइनलमा पनि उनी चम्किए ।

भारतको आक्रामक सुरुवात

टस जितेको अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतलाई ब्याटिङको निम्तो दिँदा रोहित शर्माले भने कि उनले टस जितेको भए पनि ब्याटिङ नै रोज्ने थिए । उनले भारतलाई राम्रो सुरुवात पनि दिलाएका थिए ।

तर पाँचौं ओभरको दोस्रो बलमा मिचेल स्टार्कले शुभमन गिललाई एडम जाम्पाको हातबाट क्याच गराए । रोहितको आक्रमण ब्याटिङ रोकिएको थिएन । उनले जोस ह्याजलउडको दुई ओभरमा चार चौका र मिचेल स्र्टाकको बलमा छक्का हानेका थिए । सातौं ओभरमा स्टार्कलाई लगातार तीन चौका हान्दै भारतको स्कोर ५० पु¥याएका थिए ।

दशौं ओभरमा उनले ग्लेन म्याक्सवेललाई पनि छक्का र चौका हानेका उनले गुडलेन्थ बलमा लङ अफमाथि शट हान्न चाहेका थिए । तर प्वाइन्टमा रहेका ट्राविस हेडले करिव ३० फिट पछाडि गएर उत्कृष्ट क्याच लिए । ३१ बलको सामना गरेका उनी ४७ रनमा आउट भए ।

टर्निङ प्वाइन्ट

अर्को ओभरमा अष्ट्रेलियाका कप्तान कमिन्सले श्रेयस अय्यरलाई पभेलियनको बाटो देखाए । लगातार दुई विकेट गुमाएसँग भारत दबावमा आयो, रनको गतिमा ब्रेक लाग्यो । तर क्रममा विराट कोहली र केएल राहुल थिए ।

२६औं ओभरमा विराटले ५६ बलमा ७२औं अर्धशतक पुरा गरे । चौथो विकेटका लागि केएल राहुलसँग ६७ रनको साझेदारी गरेका उनी २९औं ओभरको तेस्रो बलमा आउट भए । उनले ५४ रन बनाए ।

अष्ट्रेलियाका कप्तान कमिन्सको बलमा कोहलीको प्लेडअन (बोल्ड) भएपछि रंगशालामा रहेका हजारौं समर्थन स्तब्ध भए । त्यसपछि रवीन्द्र जडेजा आए, तर भारतले थप ३० रन जोड्दा उनी पनि आउट भए ।

यद्यपि अर्को एण्डमा सुस्त गतिमा रन बनाएपनि टिकेर खेलिरहेका राहुलले अर्धशतक पुरा गरेका थिए । तर ४२औं ओभरमा स्टार्कको बलमा आउट भए । १०७ बलको समना गरेका उनले ६६ रनको महत्वपूर्ण पारी खेले ।

अष्ट्रेलियाका स्टार्कले ३, कमिन्स र ह्याजलउडले २/२ विकेट लिए भने म्याक्सबेल र एडम जाम्पाको नाममा एकएक विकेट रह्यो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected