Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

स्थानीयलाई डुबानबाट जोगाउन भन्दै महानगरले चलायो डोजर

नेपाल न्युज बैंक
9 घण्टा अघि

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालीमाटी प्रहरी बिट अगाडीको करखुसी खोला किनारमा बनेका अवैध संरचनाहरु हटाउने प्रक्रिया सुरु गरेको छ । आइतबार दिउँसो टोजरसहित पुगेको महानगरको टोली केही संरचनाहरु भत्काउन सुरु गरेको हो ।

 

 

डा नम्बर १४ का वडा सदस्य अच्युत सापकोटाले डुबानबाट बच्नका लागि तयारी स्वरुप स्थानीयबासीको सहकार्यमा संरचनाहरु भत्काउन सुरु गरिएको जानकारी दिए ।
‘बर्षायाम सुरु भएकाले खोलामा बाढी आउने र डुवान हुने भएकाले स्थानीयबासीसँगैको सहकार्यमा तत्कालका लागि केही पुलहरु हटाउन सुरु गरेका हौं,’ उनले भने । दुइ हप्ता अघि आएको पानीले समस्या आएका कारण स्थानीयसँगको सोधपुछ एवम सल्लाह अनुसार पुल हटाइएको उनले जानकारी दिए ।

 

 

‘अहिले तत्काललाई चारपाँच वटा पुल हटाउने तयारी छ । खोला गहिराउने भन्दापनि सफा गर्ने अभियान छ । वाल लगाएर सुरक्षाको विधि अपनाउने तयारीमा छौं,’ सापकोटाले भने ।
स्थानीय शिवकुमार थापाले पुल हटाउँदा डुवान केही हदसम्म कम हुन्छ भन्ने आशा गरेको बताए । उनले पूर्णरुपले डुबान हुँदैन भन्ने स्थिति नरहेपनि प्रकृति विरुद्धमा जान नसकिने भएकाले संरचनाहरुको व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए ।

 

 

‘करिब २५ बर्षदेखि यस क्षेत्र बस्दै आएपनि बर्षेनी डुबानको समस्या झेलिरहेका छौं । निजी पुलका कारण स्थानीयबासी पीडित छन् । व्यक्तिगत रुपमा निर्माण भएका पुल यस वडामा दुईवटा छन्, १४ नम्बर वडामा करिब पाँचवटा होलान,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया