२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

तथ्यांकमा नेपाली फुटबलको विश्वकप छनोट

२८ कात्तिक, काठमाडौं । नेपालले बिहीबार एसियाली विश्वकप छनोटको दोस्रो चरणम यूएईको सामना गर्नेछ ।

पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी रह्यो । नेपालले निर्णायक सावित दोस्रो लेगको खलमा लाओसलाई १-० ले हराएको थियो ।

अबको आठ महिनामा नेपालले छनोटका छ खेल्नेछन् र एक प्रकारले राष्ट्रिय टिम ब्यस्त जस्तै हुनेछ । यूएईको सामना गर्न फुटबलको विश्वकप छनोटमा नेपालको अहिलेसम्मको प्रदर्शनको १० महत्त्वपूर्ण तथ्यांक ।

१. नेपालले अहिलेसम्म नौ संस्करणको विश्वककप छनोट खेलेको छ । नेपालले सबैभन्दा पहिले सन् १९८६ को विश्वकप छनोट खेलेको थियो । अहिले चलिरहेको विश्वकप छनोट सन् २०२६ को संस्करणका लागि हो ।

२. नेपालले अहिलेसम्म विश्वकप छनोटका ४० खेल खेलेका छन् । त्यसमध्ये ३२ खेल विदेशी भूमिमा खेलेको छ भने आठ खेल आफ्नो घरेलु मैदानमा खेलेको छ । यूएईविरुद्धको खेल नेपालले विदेशी भूमिमा खेल्ने विश्वकप छनोटको ३३ औं खेल हुनेछ ।

३. विदेशी भूमिका अहिलेसम्म खेलका ३२ खेलमध्ये नेपालको एक खेल भने तटस्थ भूमिकामा रूपमा खेलिएको छ । सन् २०२२ को विश्वकप छनोटको कुवेतविरुद्धको एक खेल नेपालले भुटानको थिम्पुमा खेलेको थियो ।

४. अहिलेसम्मका ४० खेलमध्ये नेपाल सात खेलमा मात्र विजयी रहेको छ । यस्तै नेपालले छनोटका चार खेलमा बराबरी खेलेको छ । नेपाल बाँकी २९ खेलमा पराजित रहेको छ ।

५. विश्वकप छनोटका सात जितमध्ये चार विदेशी भूमिमा प्राप्त रहेको छ ।

६. विश्वकप छनोटमा नेपालको पहिलो जित मकाओविरुद्ध सन् २००२ को संस्करणमा हासिल भएको थियो ।

७. नेपालका लागि विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी नीराजन रायमाझी हुन् । उनले सात गोल गरेका छन् र त्यसमा एक ह्याट्रिक समेत सामेल छ । अहिले भएको टिममा सदस्यमध्ये अञ्जन विष्टले चार गोल गरेका छन् । त्यसपछि हरि खड्काको नाममा तीन गोल रहेको छ ।

८. नेपालका लागि विश्वकप छनोटमा पहिलो गोल गर्ने खेलाडी हरि खड्का नै हुन् ।

९ नेपालले अहिलेसम्म यूएईको एकै पल्ट मात्र सामना गरेको छ । एसियाकप छनोटको त्यस खेलमा नेपाल ११-० ले पराजित भएको थियो । सन् १९८४ को त्यस खेलको हार नेपालले अन्तर्राष्ट्रिय फुटबलमा बेहोरेका ठूला चार पराजयमध्ये एक हो ।

१०. नेपालले यूएईलाई उसकै भूमिका सामना गर्न लागेको यो पहिलो पल्ट हो । नेपालले यूएईविरुद्ध विश्वकप छनोटमा खेल्न लागेको पनि यो पहिलो पल्ट हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected