Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या

नेपाल न्युज बैंक
10 घण्टा अघि

काठमाडौँ । रामेछाप अस्पतालमा कार्यरत डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । मंगलबार बिहानै डाक्टर श्रेष्ठले परिवारसहित गएर मन्त्री लेखकलाई मन्त्रीक्वार्टर भैँसेपाटीमा भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

 

भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे गुनासो पोखेका थिए । सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि सामना गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका थिए ।

 

डाक्टर श्रेष्ठले आफ्ना समस्याहरुका बारेमा गृहमन्त्रालयले चासो राखिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए ।

 

सोमबार सामाजिक संजालमा अलबिदा लेखेर सम्पर्कविहीन भएका उनलाई गृहमन्त्रालयको बिज्ञको टोली र प्रहरीले बालाजु क्षेत्रबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको थियो ।
दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौँडा सरुवा भएका थिए । डाक्टर श्रेष्ठले आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको निकै लामो पोस्ट फेसबुकमार्फत बाहिर ल्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया