Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

नेपाल न्युज बैंक
11 घण्टा अघि

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । बैठक आज दिनको १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।

 

 

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची रहेको छ ।

 

 

यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित सङ्घघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

 

साथै सङ्घघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया