Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

धरानमा दुई हजार १३० केजी गाँजा र ट्रक बरामद

रासस
12 घण्टा अघि

धरान सुनसरी, २ असार । धरान उपमहानगरपालिका – १३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार १३० केजी गाँजा बरामद गरेको छ ।

 

 

आज बिहान भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२-००२ ख ०८४८ नंको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकबाट बोरामा प्याक गरिएको ७० बोरा गाँजा र ३१ बोरा अदुवा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मुख्यालय सुनसरीका प्रवक्ता सुधिरजङ्ग थापाले जानकारी दिए ।

 

 

ट्रकका चालक र गाँजा ल्याउने व्यक्ति भने फरार रहेकाले खोजी कार्य जारी रहेको प्रवक्ता थापाले बताए । बरामद गाँजा,अदुवा र ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया