News and Updates
1 दिन अघि

पोखरा । पोखरामा सुनचाँदी व्यवसायी संघको अगुवाइमा भएको आन्दोलन आज पनि जारी छ । संघले सरकारले सुनचाँदी व्यवसायसँग सम्बन्धित नीतिहरूमा चाँडो सुधार नगरेमा आन्दोलन थप कडा बनाउने चेतावनी दिएको छ ।
बिहीबार संघका प्रतिनिधिहरूले प्रमुख जिल्ला प्रशासन कार्यालय, कास्कीमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त पत्रमा व्यवसायीहरूले वर्तमान कर संरचना, सुन आपूर्ति व्यवस्थापनमा आएको समस्या, नियमनको स्पष्ट अभाव लगायतका मुद्दाहरू उठाएका छन् ।
आजको प्रदर्शनमा पोखरा क्षेत्रका सयौं सुनचाँदी व्यवसायीको सहभागिता रहेको छ । उनीहरूले नाराबाजी गर्दै स्थानीय प्रशासनमार्फत सरकारलाई आफ्नो माग पु¥याउने प्रयास गरेका छन् ।
संघले आगामी दिनमा चरणबद्ध आन्दोलनको तयारी गरेको जानकारी दिएको छ । यदि माग पुरा नभए कडा कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया