Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

News and Updates
8 घण्टा अघि

काठमाडौँ, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ ।

 

 

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे ।

 

 

“गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास हो, तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन,गृहमन्त्रीले आफू नैतिकवान् र इमान्दार रहेको प्रमाणित गर्न पनि मार्ग प्रशस्त गर्नुपर्छ । छानबिनका लागि तयार हुनुपर्छ”, सांसद आले मगरले भने । उनले विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका कर्मचारीलाई विमानस्थल अध्यागमनजस्तो महत्त्वपूर्ण जिम्मेवारी किन दिइयो भनी प्रश्न गरे ।

 

 

‘भारतमा कोरोना बढ्दैछ, सचेत बनौँ’

सभाको शून्य समयमा सांसद कृष्णप्रसाद पौडेलले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढिरहेकाले सीमावर्ती नाकामा स्वास्थ्य परीक्षण र निगरानीलाई थप

प्रभावकारी बनाउन आग्रह गरे । सांसद गोमादेवी तिमिल्सिनाले कोरोना सङ्क्रमण फैलन नदिन सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराए ।

 

 

सोनामग्याल्जेन शेर्पाले सोलुखुम्बुको थामे क्षेत्रमा हिमपहिरोबाट प्रभावित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन माग गरे । सांसद जगतबहादुर पार्की, नरबहादुर विष्ट, नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, मदनकुमारी शाह गरिमा, युवराज शर्मा र राजेन्द्रलक्ष्मी गैरेले समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया