Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल

News and Updates
8 घण्टा अघि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्ने भएको छ । आगामी जेठ ३१ गते शनिबार सुनसरीको धरानमा पहिचानमा आाधारित प्रादेशिक संरचना दस जोड १ मध्येको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्न लागिएको छ ।

 

 

अधिवेशनमा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम र धनकुटा गरी पाँच जिल्लाबाट प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवबाट हुनेछ भने पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ उद्घाटन सत्रको विशिष्ट वक्ता रहने बताइएको छ ।

 

 

जसपा नेपालको राष्ट्रिय समितिको अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष ३, मुख्यसचिव १, सचिव ३, कोषाध्यक्ष १ सहित ३९ सदस्यीय समिति निर्वाचित हुने व्यवस्था रहेको छ ।

 

 

पहिचानमा आधारित राष्ट्रिय समितिले मुलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरु गर्ने भनि पार्टी विधानले व्यवस्था गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया