Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित

News and Updates
9 घण्टा अघि

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डीमा आइतबार सम्पन्न खेलमा नेपाल दुई रनले पराजित भएको हो ।

 

स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो ।

 

भीमले सार्कीले अर्धशतक  बनाउँदै ७३ रन बनाए । भीमले ८५ बलमा आठ चौका प्रहार गरे । सोमपालले कामीले ६७, दिपेन्द्र ऐरीले  ५६, आरिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७–१७ रन जोडे ।

 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार गरेको थियो ।

 

स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्कासहित १०२ रनको योगदान गरे । माइकल लिस्कले ९६, चार्ली टेयरले ६८ रन जोडे ।

 

नेपालका करण केसी र दिपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । ललितनारायण राजवंशीको एक विकेट लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया