उनका अनुसार ‘होम एन्ड अवे’ आधारमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो । मन्त्री लाम्सालले आठ शहरमा निर्माण गरिने रंगशालामा कम्तीमा ८ हजार दर्शक क्षमताका साथै फ्लडलाइटको व्यवस्था गरिने बताएका छन् । सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उनले उल्लेख गरेका छन् ।

रंगशाला निर्माणको योजनाले एनपीएललाई देशभर विस्तार गर्न तथा नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास मन्त्री लाम्सालले व्यक्त गरेका छन् । उनले क्रिकेट संघ (क्यान) लाई पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन् ।

चार्डपर्वका बीच नेपाली क्रिकेटको पर्वका रूपमा एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिँदै मन्त्री लाम्सालले क्रिकेट पूर्वाधार विस्तारको योजनासमेत सार्वजनिक गरेका हुन् ।