२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार विशेष समाचार

मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि

काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने तयारीमा रहेका मेस्सीलाई विश्वविद्यालयले सम्मान गरेको हो ।

अर्जेन्टिना फुटबल संघ (एएफए) ले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मेस्सीलाई विश्वविद्यालयले ‘डक्टर होनोरिस काउसा’ उपाधि प्रदान गरेको जानकारी दिएको छ ।

मेस्सीले सेप्टेम्बर १ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका थिए । उनले मंगलबार घरेलु मैदानमा बेनिनविरुद्धको खेलबाट अर्जेन्टिनाको राष्ट्रिय टोलीका रूपमा अन्तिम खेल पनि खेलेका छन् । उक्त खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक विदाइ पनि गरिएको छ ।

अर्जेन्टिनाका कप्तान मेस्सी आफ्नो देशका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट २०३ खेलमा १२४ गोल गरेका छन् । उनी दक्षिण अमेरिकी फुटबल इतिहासमा पनि सर्वाधिक गोलकर्ता हुन् ।

सन् २०२२ मा कतारमा भएको फिफा विश्वकप जित्नु मेस्सीको करियरको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिमध्ये एक हो । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेको थियो। त्यो अर्जेन्टिनाको तेस्रो विश्वकप उपाधि थियो । त्यसअघि सन् २०२१ मा अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका मेस्सीले सन् २०२४ मा पनि टोलीलाई कोपा अमेरिका च्याम्पियन बनाउन योगदान दिएका थिए ।

मेस्सीले सन् २०१६ मा कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका थिए । तर, पछि निर्णय फिर्ता लिँदै राष्ट्रिय टोलीमा फर्किएका उनले अर्जेन्टिनालाई विश्वकप र कोपा अमेरिका उपाधि दिलाए । हाल अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सीले क्लब फुटबल भने जारी राखेका छन् । एएनआई

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected